एमालेको स्थायी कमिटी बैठक आज : महाधिवेशन प्रतिनिधि मनोनयन बारे छलफल हुने

काठमाडौं ! नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनीत प्रतिनिधिलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ । हिजो बोलाइएको बैठक स्थगित भएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहान साढे ११ बजे बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *