एमाले महाधिवेशन : कर्णाली प्रदेशको भुगोलबाट जनप्रीय नेता नवराज रावतको केन्द्रिय सदस्यमा उम्मेदवारी

काठमाडौं ! नेकपा(एमाले)को आसन्न दशौ महाधिवेशन नजिकिदै जादा नेताहरु पदाधिकारी र केन्द्रिय सदस्यहरुका उम्मेदवारहरुले महाधिवेशनमा आफू उठ्ने पद कहिँ मुख खोल्दैछन भने कहिँ कार्यकर्ताले नै फलानो नेताले यसपाली यो पदमा उठे जीत पक्का हुने ठोकुवा गर्न थालेका छन।

यहि मंसिर १० देखि १२ सम्म चितवनमा हुने पार्टिको दशौ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वसम्मत हुने पक्का भएसगै अरु नेताहरुले आ-आफ्नो पद सुरक्षित खोजिरहेका छन।

अध्यक्ष बाहेकका अरु पदाधिकारीका आकाङ्क्षिहरु हेर्दा निर्वाचन नै हुने होकि भन्ने आकलन गर्न सकिन्छ,तथापी केन्द्रिय सदस्यका लागि निर्वाचन गरेपनि पदाधिकारीहरुमा सर्वसम्मत चयन गर्न नेताहरु लागि पर्नुभएको सभ्यखबरलाई जानकारी प्राप्त भएको छ।

यसपालीको महाधिवेशनमा केन्द्रिय सदस्यहरुको निर्वाचन हुने पक्कापक्की छ,सोही अनुरुप पार्टिको निर्वाचन आयोगले पनि प्रक्रियाको लागि तयारी रहेको बुझिएको छ र उम्मेदवार नेताहरुपनि सोही अनुरुप आफुलाई तयारी गर्दै हुनुहुन्छ।

केन्द्रिय सदस्यका आकाङ्क्षी मध्ये कर्णालीको भुगोलबाट लामो समय देखि पार्टिका लागि संघर्ष त्याग गर्नुभएका नेता हुनुहुन्छ पुर्व स्वास्थ्य राज्यमन्त्री एवं प्रतिनिधिसभा सुर्खेत क्षेत्र न.२ का सांसद नवराज रावत।
बि.स.२०३७ सालबाट नेपाली कम्युनिस्ट आन्दोलनमा कमिटी मार्फत सक्रिय भै काम गरेर कर्णाली प्रदेशलाई नेकपा एमालेको किल्ला बनाउन सफल नेता रावतका पार्टी र जनताप्रतिका विशेष योगदानहरु छन। २०३७ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य, २०४२ सालमा पार्टिको सम्पर्कमा रहि २०४३ सालमा पार्टिको तर्फबाट जनपक्षिय स्थानिय तह उम्मेदवार,२०४४ सालमा पन्चायत विरुद्धको आन्दोलनमा अग्रणी भुमिका,२०४७ सालमा युवा संघ सुर्खेतको जिल्ला कमिटी सदस्य,२०५१ सालमा पार्टिको तर्फबाट सुर्खेत जिल्ला क्षेत्र न.३ को उम्मेदवार,२०५४ सालमा जिल्ला विकाश सुर्खेतको उप-सभापति,२०६१ सालमा राजतन्त्र विरोधी आन्दोलनमा ४६ दिन थुनामा,२०६३ सालमा पार्टी सुर्खेतको जिल्ला सचिव,२०६४ सालको निर्वाचनमा पार्टिको तर्फबाट सुर्खेत क्षेत्र न.३ बाट उम्मेदवार,२०६६ सालमा पार्टिको छैटौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित,२०७० सालमा पार्टिको तर्फबाट सुर्खेत क्षेत्र न. ३ को संविधानसभा उम्मेदवार र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत जिल्ला क्षेत्र न. २ बाट उम्मेदवार भै हाल संघीय सांसद रहनु भएका रावत केपी शर्मा ओली प्रधानमन्त्री हुदा स्वास्थ्य राज्यमन्त्रीको भुमिकामा हुनुहुन्थ्यो ।

पार्टी र जनताका लागि उहाँले गर्नुभएका योगदानको फेहरिस्त हेर्दा उहाँ भुगोलबाट केन्द्रिय सदस्यको निर्विकल्प उम्मेदवार हुनुहुन्छ। आफ्नो भुगोलका जनताको सुखदुखमा लामो समय योगदान गर्नुभएका नेता रावतलाई केन्द्रिय सदस्यमा जिताएर पार्टिको अझ माथिल्लो तहसम्म पुर्याउनु पर्छ भन्ने आम कार्यकर्ताको माग छ। उहाँ कर्णाली प्रदेशको नेता मात्र हैन,देशकै नेता हुनुहुन्छ। किनकी देशको मन्त्री भएर उहाँले पुरै देशको सेवा गर्नुभएको छ। देशमा कोभिड-१९ को संक्रमण रहेको बखत जनतालाई राज्यको स्रोत र साधनले भ्याएसम्म औसधि उपचार,व्यवस्थापनहरुमा मन्त्रीको हैसियतमा खटिएर जनताको मनमा बस्न सफल नेतालाई यसपालि केन्द्रिय सदस्यमा सबै कार्यकर्ताले देख्न चाहेकै हुनुपर्छ र उहाँ जस्ता नेतालाई अघि बढाई आगामी दिनमा देश र जनताको सेवामा अझ बढी समर्पित हुने सु-अवसर प्रदान गर्नु आम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको दायित्वपनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *