दशौं महाधिवेशन : सुदुरपश्चिममा एमालेलाई संकटबाट बचाउने नेता कर्ण थापाको सचिवमा उम्मेदवारी

काठमाडौं– दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका नेताहरुले आफ्नो उम्मेदवारी बारे मुख खोल्न सुरु गरिसकेका छन। अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चित भएसगै अरु पदाधिकारीहरुमा नेताहरुले आफ्नो दावी प्रस्तुत गर्नलाग्नु भएको छ।

अध्यक्ष पछिका अन्य पदाधिकारीहरुमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने काम सुरु भैसकेको छ भने केही नेताहरुले कार्यकर्ता एवं महाधिवेशन प्रतिनिधिहरुसग छलफल गरिरहनु भएको छ। पार्टिलाई हरेक संकटबाट जोगाउन सकृय भुमिका खेल्ने नेताहरुलाई अघि बढाउन यसपाली महाधिवेशन प्रतिनिधिहरु तत्पर अनि चनाखो छन। आफ्नो नेतृत्वलाई घेराबन्दी भै पार्टी तहसनहस हुने अवस्थासम्म हरेक चुनौतिहरु सामना गरि पार्टी जोगाउन भुमिका खेल्ने र नेतृत्वलाई साथ दिने नेताहरु मध्ये सुदुरपश्चिमबाट रास्ट्रीय राजनितीमा प्रतिनिधित्व गर्ने नेता कर्ण बहादुर थापा अग्र पङ्तिमा हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्र एकीकृत भएदेखी नै प्रदेशको अध्यक्ष भै पार्टिलाई गतिशिल बनाउनु भएका उहाँले त्यसपछिका कठिन परिस्थितिहरुको सामना गर्दै पार्टिको साख बचाउनु भयो । तत्कालिन इन्चार्ज भिम रावलको गुटगत अत्याचारबाट आफ्ना कार्यकर्तालाई विचलित नहुन र पार्टिको सस्थापनलाइ जोगाउन उहाँको भुमिका अहम छ। यदि भिम रावल जस्ता गुटगट प्रवृती विरुद्ध उहाँ सतिसालझै नउभिएको भए अहिले एमालेको संरचना प्रदेशमा धेरै कमजोर भैसकेको हुन्थ्यो।आफ्नो अभियानमा निरन्तर खटेर पार्टी र नेतृत्वलाई जोगाउन भुमिका खेल्ने थापा प्रदेशको अभिभावक त हुन नै,रास्ट्रीय राजनीतिमा पनि परिचित नेताका रुपमा चिनिनु हुन्छ।

पार्टिको पोलिटव्युरो सदस्य समेत भैसक्नु भएका उहाँ हाल केन्द्रिय सदस्य तथा प्रदेशकै पार्टी कमाण्डमा हुनुहुन्छ। एमालेबाट केही नेताहरु चोइटिएर गएको अवस्थामा पार्टिलाई मजबुत बनाइ आगामी निर्वाचनमा एमालेलाई सफल बनाउन कर्ण थापा जस्ता नेता पार्टिको सचिवमा आउनु पर्छ भन्ने आम कार्यकर्ताको माग रहेको देखिन्छ।`उहाँ कर्ण थापा सुदुरपश्चिमको नेता मात्र नभएर देशकै नेता हुनुहुन्छ,सबै कार्यकर्ताको मनमा बस्न सफल नेताले अबको महाधिवेशन बाट सचिवमा आउनैपर्छ´एक महाधिवेशन प्रतिनिधिले सभ्यखबरलाई बताउनु भयो।

समग्रमा नेता थापा सचिवमा आउनु भनेकै सुदुरपश्चिममा पार्टि अझ सशक्त हुनु हो किनकी उहाँ बलियो हुदा अरु पार्टीसग जुध्न पार्टिलाई मद्दत पुग्छ।अध्यक्ष ओलीलाई हरेक अभियानमा साथ दिएर उहाँले नेतृत्व गर्नुभएको सरकारलाई सफल बनाउन नेता थापाको अहम भुमिका रहेकाले महाधिवेशनमा चुनाब हुदा प्रतिनिधिले र सर्वसम्मती हुदा नेतृत्वले उहाँलाई सचिवमा स्थान दिनैपर्छ भन्ने जनमत जताततै देखिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *