एमाले दशौं महाधिवेशन : उपाध्यक्षमा नेता किरण गुरुङको दावेदारी

काठमाडौं– दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका नेताहरुले आफ्नो उम्मेदवारी बारे मुख खोल्न सुरु गरिसक्नु भएको    छ। अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चित भएसगै अरु पदाधिकारीहरुमा नेताहरुले आफ्नो दावी प्रस्तुत गर्न थाल्नु भएको छ।

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले पनि यसपटक उपाध्यक्षमा आफ्नो दरिलो दावेदारी प्रस्तुत गर्नुहुने भएको छ।नवौं महाधिवेशनमा पनि झिनो मतले मात्र उपाध्यक्षमा पराजय हुनुभएका गुरुङले यो पटकको महाधिवेशनमा पनि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु स्वभाविक भएको बताउनु भएको छ।

बिगत देखि नै सस्थापन पक्षमा रहि अध्यक्ष ओलीलाई हर सुखदुखमा साथ दिई रहनुभएका नेता गुरुङ पार्टीमा संयोजनकारी भुमिकामा पनि पटक-पटक देखिनु भएको छ। बामदेव गौतम लगायतका नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दी गरिरहदा नेतृत्वको पक्षमा उभिइ बामदेव गौतम लगायत अरु नेताहरुलाई अध्यक्ष ओलीको पक्षमा संयोजन गर्न उहाँको भुमिका अहम छ।जस्तोसुकै कठिन परिस्थितिमा पनि सस्थापन पक्षबाट टाढा नहुनु हुने नेता गुरुङलाई अध्यक्ष ओलीले पनि यसपाली उपाध्यक्ष मै व्यवस्थापन गर्नुहुने बुझिएको छ।गण्डकी प्रदेशमा मात्र नभै देशकै लोकपृय नेताको रुपमा परिचित उहाँ पार्टिको उपाध्यक्ष पदमा आउनु पर्ने र उहाँलाई अन्याय गर्न नहुनेमा आम नेता कार्यकर्ताको चाहना रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *