एमालेको ‘मिसन ग्रास हुड’ अभियान आजदेखि : अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालले आज शुक्रबारदेखि मिसन ग्रास हुड अभियान सुरु गर्दैछ। उक्त अभियानको शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले देशैभर भर्चुअल उद्घाटन गर्दै हुनुहुन्छ।
शुक्रबारबाट देशैभरी सुरु हुने अभियान २ महिना सम्म संचालन हुने जनाइएको छ।

अभियानमा विगतका कमि कमजोरीहरुका बारेमा पनि समिक्षा गरिने छ । तीनै तहको निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेहरुको पहिचानका लागि समेत यो अभियान महत्वपुर्ण हुने एमालेले बताएको छ । एमालेले यस अभियान मार्फत पार्टीलाई अझ थप मजबुत बनाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *