एमाले दशौं महाधिवेशन : अब्बल महिला नेतृ पद्मा अर्यालको सचिवमा चर्चा

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा तथा आकांक्षी देखिन थालेका छन् ।अध्यक्ष, उपाध्यक्ष लगाएत अन्य पदाधिकारीभन्दा सचिव पदमा आकांक्षी धरै देखिएका छन् ।

विधान महाधिवेशनले पारित गरे बमोजिम ७ जना सचिव मध्येमा कम्तिमा १ जना महिला तर्फबाट सचिव राख्नै पर्ने हुन्छ किनभने पार्टिकै विधानमा ३३% महिलाको सिट सुनिश्चित हुनुपर्ने उल्लेख छ। सचिव पदका लागि धेरै नेताको नाम चर्चा चलिरहेकै बेला महिला तर्फबाट नेतृ पद्मा अर्यालको पनि सचिवमा उम्मेदवारी रहने चर्चा चलिरहेको छ । नेतृ पद्मा अर्यालले केपी ओली प्रधानमन्त्री रहदा विभिन्न मन्त्रालयमा मन्त्रीको हैसियतले काम गरिसक्नु भएको छ। उहाँ सफल मन्त्रीको रुपमा देखिनु भएको छ । भुमी व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्री रहदा चुच्चे नक्सा निकालेर भारतले लामो समयदेखि हडपेको जग्गा नेपाली नक्सामा समेट्न सफल हुनु भएको थियो। स्वास्थ्यमा रहदा जनताको पक्षमा आमूल क्रान्तीका साथै कृषि मन्त्री रहदा कृषकको समस्यालाई निराकरण गर्न उल्लेख्य भुमिका खेल्नु भएको थियो। एमालेको सिद्धान्तमा रहि केपी ओलीलाई सहयोग गर्दै आउनु भएको र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति मध्ये उहाँपनि पहिलो दर्जामै हेर्ने गरिएको राजनीतिज्ञहरुले बताउँदै आएका छन् । स्याङ्जाबाट काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठलाई भारी मतले प्रतिनिधिसभामा हराई विजयी नेतृ अर्याल आफ्नो निर्वाचन क्षेत्रमा रहेका र हरेक सुखदुखमा लामो समयदेखी साथ दिई रहेका नेताहरु मध्ये एक हुनहुन्छ, साथै देशभरीका नेता कार्यकर्ता माझ उहाँ निकै लोकपृय पनि हुनुहुन्छ।

हाल नेतृ अर्याल पार्टिको केन्द्रिय पनि हुनुहुन्छ। त्यस अघि अर्यालले एमालेको विभिन्न पदमा रहि सफल कार्यकाल विताइसक्नु भएको छ ।

यहि मंसिर १० गतेदेखि चितवनमा शुरु हुने एमालेको महाधिवेशनमा ७ सचिवका लागि दुई दर्जन बढी आकांक्षी रहेको देखिन्छन । सर्वसम्मत गराउने पार्टीको नीति रहेपनि सचिव पदका लागि मतदान नै हुने सम्भावना बढेको धेरैले अनुमान लगाउन थालेका छन् । सर्वसम्मत हुदा वा निर्वाचनकै माध्यममा गएपनि सचिवमा नेतृ अर्यालको बलियो दावेदारी रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *