एमाले दशौं महाधिवेशन : सुदुरपश्चिमबाट सचिवमा कर्ण थापाको चर्चा

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा तथा आकांक्षी देखिन थालेका छन् ।अध्यक्ष, उपाध्यक्ष लगाएत अन्य पदाधिकारीभन्दा सचिव पदमा आकांक्षी धरै देखिएका छन् ।

सचिव पदका लागि धेरै नेताको नाम चर्चा चलिरहेकै बेला सुदुरपश्चिमका नेता कर्ण बहादुर थापाको पनि सचिवमा उम्मेदवारी रहने चर्चा चलिरहेको छ । थापा लामो समयदेखि एमालेको सिद्धान्तमा रहँदै केपी ओलीलाई सहयोग गर्दै आएका व्यक्ति रहेका र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति भएका राजनीतिज्ञले बताउँदै आएका छन् । हाल थापा पार्टिको केन्द्रिय सदस्य र सुदुरपश्चिम प्रदेश अध्यक्ष पनि हुन। त्यस अघि थापाले एमालेको विभिन्न पदमा रहि सफल कार्यकाल विताइसकेका छन् ।थापा सुदुरपश्चिमका मात्र नभएर देशकै लोकपृय नेता मध्येका एक हुन।

यहि मंसिर १० गतेदेखि चितवनमा शुरु हुने एमालेको महाधिवेशनमा ७ सचिवका लागि दुई दर्जन बढी आकांक्षी रहेको देखिन्छ । सर्वसम्मत गराउने पार्टीको नीति रहेपनि सचिव पदका लागि मतदान नै हुने सम्भावना बढेको धेरैले अनुमान लगाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *