फागुन ५ देखि एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने

काठमाडौं– नेकपा एमालेले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ। पार्टीलाई जगैदेखि मजबुत गराउने उद्देश्यले उक्त अभियान चलाउन लागिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

नेकपा एमाले सचिवालय बैठकले सबै केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाउने निर्णय गरेको छ। उनीहरुलाई ११ वटा काम  तोकिएको छ। सदस्यता प्रदान गर्ने,  प्रशिक्षण दिने,  जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *