एमालेले कसैको बैशाखी नटेकी चुनाबमा गठबन्धनलाई हराउँछ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले कसैको बैशाखी नटेकी चुनावमा प्रतिष्पर्धा गर्ने र जित हाँसिल गर्ने बताउनु भएको छ । आज (शनिबार) काठमाडौंमा अयोजित नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना आदान प्रदान समारोहमा बोल्दै उहाँले माधव नेपाल र प्रचण्डप्रति लक्षित गर्दै यस्तो बताउनु भएको हो।

प्रचण्ड र माधव नेपाल कांग्रेसको औंला समातेर मात्रै हिँड्न सकेको,नत्र हिँड्नै नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘अहिले केही दल कांग्रेसको औंला समातेर मात्रै हिँडिरहेका छन्, उनीहरु कांग्रेसको औंला नसमाई हिँड्नै सक्दैनन्, तर हामीकसैको पनि बैशाखी नसमाई चुनाव जितेर देखाउँछौं ।’

उहाँले माधव नेपालहरुले पार्टि छोडेपछि एमाले सग्लो भएको र अहिले सही बाटोमा हिँडिरहेको पनि बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *