नेपालमै पहिलो प्रयोग : एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै एमाले महाधिवेशन मंच

काठमाडौं ! नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले सभ्यखबरलाई जानकारी दिनुभयो । उहाका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ साथै एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उहाले बताउनु भयो।सम्भवत: नेपालको इतिहासमा यो पहिलो प्रयोग हो।

चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने बताइएको छ ।

आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च हुने बताएका उनले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *