महाधिवेशन केन्द्रित रहेर एमाले प्रचार विभाग आक्रामक : सामाजिक संजालका अभियान्ताहरु सगपनि गर्‍यो अन्तरक्रिया

काठमाडौं ! नेकपा (एमाले)को प्रचार विभागले आज सामाजिक संजालमा पार्टिको प्रचारप्रसार गर्ने अगुवा अभियान्ताहरुसग अन्तरक्रिया कार्यक्रम गरेको छ। पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य एवं प्रचार विभाग उप-प्रमुख सुर्य थापा,पार्टिका जनवर्गीय संगठनका प्रतिनिधिहरु,पत्रकार लगायत सामाजिक संजालका अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। पार्टीको दशौ महाधिवेशनको मिति नजिकिदै गर्दा प्रचार विभागले प्रचारप्रसारका सबै तरिकाहरु अपनाउन यो अन्तरक्रिया गरेको हो।

समय डिजिटल युगमा प्रवेश गरेसगै हाल सामाजिक संजालको महत्त्व उत्तिकै बढेको छ।सामाजिक संजालको माध्यमबाट पार्टिका अभियान र गतिविधिहरुलाई तीब्र रुपले प्रचार गरिएको छ।अहिले सबैको हात हातमा मोबाइल रहने र केही परिघटनाहरु तुरुन्तै जनताले थाहा पाउने हुनाले नै यसको महत्त्व बढेको हो ।सामाजिक संजालको माध्यमबाट नेकपा एमालेका अभियान्तहरुले पार्टिलाई ठूलो योगदान पुर्याइरहेका छन।खासगरी फेसबुक,ट्विटर र पछिल्लो समय टिकटक प्रचारप्रसारको उपयुक्त माध्यम बनेको छ।

नेकपा(एमाले)को यो फोरम निकै लोभलाग्दो छ ।बिपक्षीहरुले सम्म आँखा लगाएको यो फोरम कहिले अरिङ्गालको रुपमा त कहिले साइवर सेनाको रुपमा अभियानमा जुटेर पार्टिको प्रचारप्रसार गरिरहेको छ । यस् पार्टिसग आवद्ध खासगरी फेसबुकमा निकै आक्रामक अभियान्ताहरु रहेका छन। गुरु भट्टराई,तीर्थ भट्टराई लगायत अभियान्ताहरु देश विदेशमा रहने नेता कार्यकर्तामाझ यसैको माध्यमबाट निकै परिचित छन।आजको यस कार्यक्रममा यी सबै अभियान्ता गरि करिब ५० जनाको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा प्रचार विभागले उपस्थित सबैजनाको राय लिएको थियो र उक्त अन्तरक्रियामा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सामाजिक संजाल अबको युगको दाहिने हात भएकाले यसको माध्यमबाट पार्टिको यस महाधिवेशनलाई जनतासामु पुर्याउन र चितवनमा आम जनतालाई आमन्त्रण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले सबै अभियान्ताहरु समक्ष प्रचारप्रसारलाई तीब्र बनाउन अनुरोध गर्नुभयो।साथै अबका दिनमा पार्टिका अरु कार्यक्रमहरु लक्षित गरेर सामाजिक संजालको सदुपयोगलाई तीव्रता दिइने र अभियान्ताहरुलाई परिचालन गर्ने बताउनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *