एमाले कैलालीले टुंग्यायो दशौं महाधिवेशन प्रतिनिधि : यस्तो छ नामलिष्ट(सुचिसहित)

काठमाडौं ! नेकपा एमालेको दशौ महाधिवेशनको लागि कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको टुङ्गो लागेको छ ।कार्तिक २७ गते नै सहमति गरेर नाम छनौट गर्ने योजना भएपनि केही क्षेत्रहरुमा प्रतिनिधि जान इच्छुकहरु बीच विवाद देखिएपछि प्रक्रिया लम्बिएको थियो।

कैलाली जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिको टुङ्गो आज लागेको छ ।जसमध्ये कैलाली क्षेत्र न.४ बाहेक अरु निर्वाचन क्षेत्रहरुमा सर्वसम्मतिले प्रतिनिधि चुनिएका छन भने क्षेत्र न.४ मा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चुनिएका छन। क्षेत्र न.४ स्थायी कमिटि सदस्य लेखराज भट्टको निर्वाचन क्षेत्रपनि हो।

प्रतिनिधि टुङ्गो लाउन केही दिन लागेपनि विवाद रहित तवरले जिल्लाका सबै क्षेत्रबाट सबै समुदाय र भुगोलको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि चयन भएको एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापाले सभ्यखबरलाई जानकारी दिनुभयो।पार्टिको आन्तरिक सर्कुलर अनुसार कार्तिक मसान्तसम्म सबै जिल्लाले महाधिवेशनमा भागलिने प्रतिनिधिको नामलिस्ट पठाइसक्नु पर्ने थियो।एमालेको दशौ महाधिवेशन यहि कार्तिक १०,११ र १२ गते चितवनमा हुदैछ ।देशभरबाट निर्वाचित प्रतिनिधिहरुले पार्टिको महाधिवेशनबाट नयाँ नेतृत्वका साथै पदाधिकारी र केन्द्रिय सदस्यहरु चुन्नेछन।

कैलाली जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सदस्यहरुको नामलिस्ट यस्तो छ:-                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *