एमाले अध्यक्ष ओलीको उद्घोष : आउने चुनावबाट एमाले झन् शक्तिशाली बन्छ

काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेका छन् । एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठुलो पार्टी बन्ने दाबी गरेका हुन् ।

मुलुकका हरेक परिवर्तनमा सहिदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका सहिदका सपना साकार पार्ने बताए ।

विसं २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना सहिदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, मेडिकल व्यवसायी एवम् एमाले नेता दुर्गा प्रसाईं, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले सम्बोधन गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *