गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले जहाँ सभा गर्‍यो त्यहीँ जनता उर्लिन्छन : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव जताततै राम्रो भएको बताउनु भएको छ। उहाँले आफ्नो पार्टीले सभा गर्दा भित्ताभित्ता भरिने बताउनु भयो।

‘यहाँहरुलाई थाहा छ, दुनियाँ एकापट्टि लागेको छ। पाँच दलीय गठबन्धन भन्छन्। गठबन्धन कत्रो हुन्छ? गठबन्धनले सभा गर्‍यो भने आँगन भरिँदैन। एक आँगन भरिँदैन’, सोमबार धनकुटामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेकपा एमालेले सभा गर्ने भन्यो हेर्नुस् त, कान्लाकान्ला, भित्ताभित्ता। कतै अटेको छैन। बाटाघाटा, भित्ताभित्ता सबै। कोही रुख चढेर हेर्नुभएको छ, कोही बार्दलीबाट हेर्नुभएको छ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई थोत्रो पार्टी संज्ञा दिनुभयो। ‘नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो। अब नेपाली कांग्रेसको पछाडि लाग्ने कस्ता होलान् विचार गर्नुस् त’, गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *