धनकुटामा रित्तिदै माओवादी, १५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्दै : एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुहुदै

काठमाडौं ! धनकुटामा माओवादी केन्द्रका जनप्रतिनिधिसहित ठूलाे संख्यामा विभिन्न दलका नेता-कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा आज धनकुटामा हुने कार्यक्रममा माओवादीका स्थानीय जनप्रतिनिधिसहित अन्य दलका १५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको बताइएको छ।

नेकपा एमाले धनकुटाले छिन्ताङमा आयोजना गर्ने ४३ औं शहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज धनकुटा जानुभएको छ ।

अध्यक्ष ओलीले सहिद स्मृति सभालाई सम्बाेधन गर्नुहुने, शहिदहरुकाे तस्विरमा माल्यार्पण गर्नुहुने र पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्नुहुने कार्यक्रम रहेको धनकुटा स्थित पार्टिका एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *