नेकपा (एमाले) का सांसद घिमिरेद्वारा सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङ हुनुहुन्छ भने समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन रहनुभएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा घिमिरे प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) स्थायी कमिटी सदस्य घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।
सभामुखको निर्वाचन भोेलि माघ ५ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *