नेकपा एमालेको आज देशभर १९९९ महाधिवेशन प्रतिनिधिहरु चुनिदै, 

काठमाडौं । नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि आज शनिबार देशभर प्रतिनिधि चुनिदैछन ।

एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो । यसरी चुनिएका प्रतिनिधिहरुद्रारा नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न सबैमा आह्वन गर्नुभएको छ। हिजो साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *