एमाले अध्यक्ष ओलीद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त,प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आज विहान पोखरामा दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले आफू अत्यन्त दुःखी भएको जनाउनुभएको छ ।
अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले दुर्घटनाको प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *