एमाले महासचिवको उद्घोष : महाधिवेशनमा नेतृत्व सहमतिमै चयन हुने

काठमाडौं ! नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताउनु भएको छ । महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले पनि सहमतिका साथ नेतृत्व चयन हुनुपर्ने चाहना राखेको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबार एमाले दशौं राष्ट्रिय महाधिवेशन मुल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको दशौं महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिने बताउनु भयो । उहाले भन्नुभयो, दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिनेछ । एमालेको जीवनमा मात्र होइन, राष्ट्रिय जीवनमा समेत यसको विशेष महत्व रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *