सार्वजनिक भयो एमाले दशौ महाधिवेशनको लोगो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो आज सार्वजनिक गरेको छ ।

एक कार्यक्रममा बीच सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ ।

एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको हो । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ ।’ भन्ने नारासहित एमालेले चितवनमा महाधिवेशन गर्दैछ । महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *