एमाले नेता रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं ! सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले    सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ।

बुधबार सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावलले पाँच बज्न ५ मिनेट अघि नै प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो।त्यसपछि प्रदेश प्रमुख जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो।

एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जनाको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *