एमाले नेतृत्वले आज आफ्ना सांसदहरुलाई संसदीय प्रक्रियाबारे प्रशिक्षित गर्दै

काठमाडौं ! नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यमा आफ्नो दलको तर्फबाट निर्वाचित सांसदहरुलाई आज शनिबार संसदीय अभिमुखीकरण कार्यक्रम गर्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषयमा प्रशिक्षण दिनुहुनेछ।

संघीय संसदमा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद किरणकुमार साह हालसालै एमाले प्रवेश गरेकाले अहिले सो दलको संख्या ७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *