चीन–भारतसहित विदेशका ६२ दललाई नेकपा एमालेले पठायो महाधिवेशनको निम्तो

काठमाडौं ! नेकपा एमालेले महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसाैँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमालेका एक नेताले सभ्य खबरलाई बताउनु भयो ।

उहाँका अनुसार पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नै विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । ‘हामीले छिमेकी मुलुकसहित ६२ वटा राजनीतिक दलका विशिष्ट अतिथिहरूलाई निम्तो पठाएका छौ’, उहाँले सभ्यखबरसँग भन्नुभयो, ‘हाम्रो निम्तो स्वीकार गरेर कनफरमेसन कतिको आउँछ त्यसपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउनुहुन्छ भन्ने टुङ्गो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *