एमाले सुदुरपश्चिम प्रदेश कमिटीको पुर्ण बैठक धनगढीमा जारी,महत्त्वपूर्ण निर्णयहरु हुनसक्ने (तस्वीर सहित)

काठमाडौ ! नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको पुर्ण बैठक धनगढीमा जारी छ। बैठक पार्टी कमिटी जेठ २ मा फर्किसकेपछि सम्भवत: पहिलो पटक बसेको हो।

प्रदेश कमिटिका इन्चार्ज एवं पार्टि स्थायी कमिटी सदस्य लेखराज भट्टको प्रमुख आतिथ्यमा जारी बैठकमा प्रदेश सह-इन्चार्ज एवं पार्टि केन्द्रिय सदस्य नारदमुनी राना,प्रदेश अध्यक्ष एवं पार्टी केन्द्रिय सदस्य कर्ण बहादुर थापा,प्रदेश सचिव एवं पार्टी केन्द्रिय सदस्य राजेन्द्र रावल,पार्टी केन्द्रीय सदस्य लिला भण्डारी,पार्टी केन्द्रिय सदस्य निरुदेवी पाल लगायत केन्द्रिय नेताको बैठकमा उपस्थिति रहेको छ ।बैठकमा पार्टिका उपाध्यक्ष भिम रावल भने उपस्थित छैनन।

आजको प्रदेश कमिटी बैठकले विशेष निर्णय लिन सक्ने बताइएको छ । महाधिवेशन केन्द्रित प्रदेशभरी रहेका वडा र पालिकाहरुको अधिवेशनको समीक्षा,पार्टीको आगामी महाधिवेशनको लागि प्रतिनिधि चयन र प्रदेश कमिटिको पुर्णताको लागि सदस्यहरुको मनोनयन हुनसक्ने एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *