अध्यक्ष ओली आज विराटनगर जाँदै : पार्टिका नेता कार्यकर्तासग भेटघाट गर्ने

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर जाँदै हुनुहुन्छ । नेकपा एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर जान लाग्नुभएको हो ।

शुभकामना आदानप्रदानका साथै पार्टी नेता कार्यकर्तालाई अध्यक्ष ओलीले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले सभ्यखबरलाई बताउनुभयो ।
उहाका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्मको कार्यक्रममा आम पार्टी कार्यकर्ता र दिउँसो ३ देखि साँझ ५ बजेसम्म विभिन्न क्षेत्रबाट आमन्त्रण गरिएका व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *