कुनै पार्टीसँगको एकता नेता कार्यकर्ताको भावनाविपरीत हुँदैन,बाहिर चलेका हल्लामात्र हुन् : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला र माधव नेपाललाई राष्ट्रपति दिने हल्लाका बेला एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कार्यकर्तालाई हल्लाका पछि लागेर नबहकिन अपिल गर्नुभएको छ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् ।’

उपमहासचिव ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको जनाउनु भएको छ। ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उहाँले लेख्नु भएको छ।

उपमहासचिव ज्ञवाली एमाले अध्यक्ष ओलीका विश्वासपात्र पनि हुनुहुन्छ। एमालेका आम कार्यकर्ताले केही दिन अघि माधव नेपाल लगायतको टिमलाई बिनास्वार्थ एमालेमा भित्र्याउन सकिने तर राष्ट्रपति पद कुनै हालतमा दिन नहुने भनेर नेतृत्वलाई सचेत गराइरहेको छ। उता माधव नेपालको टिम भने राष्ट्रपति पाए एमालेमा विलीन हुन तयार रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *