एमालेकै कारण वर्तमान संविधानको रक्षा भएको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनु भएको छ ।

नेकपा एमालेको कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आइतबार काठमाडौमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एमाले नभएको भए २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने बताउनु भयो ।

उहाँले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी र संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ। लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ। हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *