एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध हुनुभएको छ । आज मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *