प्रतिनिधिसभा र प्रदेशसभामा क्लिनस्वीप गरेका पर्वत, धनकुटा र अर्घाखाँची जिल्लालाई सम्मान

काठमाडौं ! नेकपा एमालेले  प्रतिनिधिसभा र प्रदेशसभामा क्लिनस्वीप गरेका तीन जिल्लालाई बिशेष सम्मान गरेको छ । प्रज्ञा भवन कमलादीमा आज आयोजित बिशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन जिल्लालाई सम्मान गर्नुभएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र पर्वत, धनकुटा र अर्घाखाँचीमा प्रतिनिधिसमा र प्रदेशसभा दुवैमा एमालेले सत्ता गठबन्धनलाई क्लीनस्वीप गरेको थियो ।

यस्तै प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएकोमा सोलुखुम्बु जिल्ला कमिटीलाई पनि एमालेले सम्मान गरेको छ । चुनावमा उत्कृष्ट परिणाम ल्याएकोमा तीन जिल्ला कमिटीलाई बिशेष सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *