हामीले बिगत तीन बर्षमा विकाश निर्माणको कार्य र राष्ट्रियता जोगाउने काम गर्दै आएका छौँ : प्रदीप ज्ञवाली

काठमाडौं ! नेकपा एमालेमा सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको बताउनु भएको छ।

नेकपा एमाले भक्तपुर जिल्लाको चाँगुनारायण ८ नम्बर वडा कमिटीद्रारा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सुडालमा सम्बोधन गर्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले विद्रोह गरेका सिके राउत र विप्लवलाई राष्ट्रिय राजनीतिमा ल्याउने काम गरेको बताउनु भयो ।

प्रहरीको आइजिपी, मुख्य सचिव, सचिव बनाउन विदेशी दूतावासलाई सोध्ने परम्पराको अन्त्य एमाले नेतृत्वको सरकारले गरेको उहाको भनाइ छ । ‘लिपुलेक, कालापानी, लिम्पियाधुरासहित नेपालको नक्शा जारी गर्दै भारतको नेपाल भाइ होइन, समान हैसियत भएको छिमेकी हो भन्ने अवधारणा हामीले जारी गरेका हौँ,’ ज्ञवालीले भन्नुभयो ।

विकासको काम र राष्ट्रियता जोगाउन एमाले सरकारले खेलेको भूमिका देखेर काँग्रेस र माओवादी आत्तिएको उहाको भनाइ छ । ‘प्रचण्ड र माधव नेपालको सहारा नलिकन काँग्रेस अगाडि बढन नसक्ने भएको छ, त्यसकारण उसका कार्यकर्ताहरुमा निराशा छाएको छ,’ ज्ञवालीले भन्नुभयो ।कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, बागमती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *