एमालेले माधव नेपाल बाहेक अरु शिर्ष दलका नेतालाई महाधिवेशनमा अतिथि बोलाउने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।
तर माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने एमालेले नबोलाउने बताएको छ ।

“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”
एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *