पार्टी विरोधी गतिविधि गरेकोले एमालेले निकाल्यो घनस्याम भुसाल,प्रभु साह लगायतलाई

काठमाडौं ! नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो ।

केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ । त्यस्तै समानुपातिक सूचीमा रहेर पनि पार्टी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *