यी हुन् एमालेका सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसद(सूचीसहित)

काठमाडौं ! नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनीसहितका ७ जनाको नाम टुंगो लागेको छ। उनकाअनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्।

प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *