न्यायलयले राजनितिमा हाम फाल्नु देशकै दुर्भाग्य : पुर्वमन्त्री राना

कैलाली।पुर्वमन्त्री,नेकपा एमालेका केन्द्रिय सदस्य एवं कैलालीका जिल्ला इन्चार्ज नारदमुनी रानाले न्यायलयले राजनितिमा हाम फाल्नु देशकै दुर्भाग्य भएको बताउनु भएको छ।

धनगढी उपमहानगरपालिकामा पार्टिको प्रथम नगर अधिवेशनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै नेता रानाले जनादेशबाट बनेको सरकार ढलाउन देखि अन्य विषयहरुमा न्यायलयले नाङ्गो हस्तक्षेप गरेर लोकतान्त्रिक मुल्यमान्यताको धज्जी उडाएको बताउनु भयो।

अधिवेशनको सफलताको कामना गर्दै राजनैतिक प्रसङ्गमा उहाँले जनताद्रारा निर्वाचित नेकपा एमालेको सरकारलाई विस्थापित गरेर कुनै आमुक दलको भ्रातृसंगठन बनी अदालतले न्यायलयको गरिमा घटाएको बताउनु भयो।लोकतान्त्रिक प्रणालिमा जनादेशलाई मान्यता दिइन्छ तर जनादेशलाई कुल्चिदै परमादेश जारी गरेर सरकार निर्माण गर्नु अदालतले खुलमखुल्ला राजनीति गरेको उहाँले बताउनुभयो।अदालतको यो विकृतिलाई आगामी निर्वाचनमा जनताले सच्याउने र नेकपा एमालेलाई बहुमत दिलाई अध्यक्ष ओलीको नेतृत्वमा फेरि सरकार बन्ने दावी गर्नुभयो।

नेता रानाले भन्नुभयो- नेकपा एमाले त्यस्तो पार्टि हो,जो जनताको मनमनमा बसेको छ।हामी यो परमादेशका अनुयायी हरुलाई परास्त गर्न सक्षम छौ तर हामी सबैजना एक भएर अभियानमा लाग्न जरुरी छ।सुर्यको झण्डा लिएर सबैजना उठ्न जरुरी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *