एमालेको सचिवालय बैठक आज बस्दै : ३४ जना समानुपातिक सांसदको नाम टुंगो लाग्ने

काठमाडौं : प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ सांसद टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ। एमालेका प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले आज  बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने जानकारी दिनुभयो।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिनेछ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट जितेको छ। यसैगरी एमालेले लोकप्रिय मत ल्याएर समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। एमालेका शीर्ष नेताहरू समानुपातिकतर्फको सांसद चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। शुक्रबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरूबीच छलफल भएको थियो।

दलहरुले आज दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको नाम निर्वाचन आयोगलाई बुझाइसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *