प्रचण्ड विचारहिन नेता हुन् – पुर्वमन्त्री नारदमुनी राना

कैलाली।पुर्व बन तथा वातावरणमन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य नारदमुनी रानाले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल(प्रचण्ड)लाई विचारहिन नेताको संज्ञा दिनुभएको छ।

नेकपा एमालेको प्रथम धनगढी नगर अधिवेशनमा सम्बोधन गर्दै पुर्वमन्त्री रानाले प्रचण्ड आफ्नो विचार र निर्णयमा अडिग नरहने नेता भएको बताउनुभयो। उहाँले भन्नुभयो-“उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा जबज स्विकार्नु भयो तर पछि जबज स्विकार्दैनौ भन्दै लफडा निकाल्नु भयो।उहाँले यतिमात्र हैन,जनतालाई कहिले जातजातिका नाममा त कहिले भुगोलका नाममा भड्काउनु भयो।जनतालाई भड्काउने,विचारमा नअडिने मान्छे कसरी नेता भैन्छ?त्यस्ता नेताले कसरी देश र जनतालाई असल नितिहरु प्रवाह गर्न सक्छन?

पुर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद रानाले माधव नेपाललाई पनि प्रचण्डको सहयात्री र वर्तमान जटिल परिस्थिति निम्त्याउनेको साझेदार हिस्सेदारीको रुपमा चित्रण गर्नुभएको छ।आफ्नो पार्टिलाई तहसनहस पारेर विपक्षलाई खुसिपार्ने माधव नेपाल प्रचण्डका मतियार भएको बताउनुभएको छ । उहाँले यो नगर अधिवेशनले अब नेकपा एमालेको कमिटिहरु अझ चलायमान हुने र सुर्यको झण्डा देशभरी फहरिई नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने साथै सरकार चलाउने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *