समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौं ! नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *