सुदुरपश्चिम प्रदेशका सबै पालिकाहरुमा आज एमालेको अधिवेशन हुँदै

कैलाली! नेकपा(एमाले)सुदुरपश्चिम प्रदेश कमिटी मातहतका सबै पालिकाहरुमा आज कार्तिक १५ गते अधिवेशनहरु हुदैछन।

केहिदिन अघिको वर्षासगै आएको बाढी र पहिरोका कारण सुदुरपश्चिममा नियमित अधिवेशनको समयबाट पर सरेको थियो।कार्तिक १२ गते अत्याधिक रुपमा वडा अधिवेशनहरु सम्पन्न गरेको एमाले सुदुरपश्चिम प्रदेश कमिटिले आज प्रदेशभरि हुने पालिकाहरुपनि सफल बनाउने बताएको छ।

यसैगरी सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाको आज हुने अधिवेशनको तयारी पूरा भएको एमाले जिल्ला कमिटिका उपाध्यक्ष रण बहादुर चन्दले सभ्यखबरलाई बताउनु भयो ।प्रदेशको अस्थायी राजधानी र केन्द्रबिन्दु रहेको धनगढी उपमहानगरपालिकाको अधिवेशनलाई उत्सुकताका साथ हेरिएको छ।अधिवेशन सफल पार्न यसै क्षेत्रबाट प्रतिनिधिसभाका सांसद एवं पार्टी केन्द्रिय सदस्य नारदमुनी राना दशै अघि देखि नै धनगढी मै हुनुहुन्छ ।वडा अधिवेशन देखि पालिका अधिवेशनहरु सफल पार्न अभिभावकत्व प्रदान गरिरहनु भएका नेता राना आजको धनगढी उपमहानगरपालिका अधिवेशनमा प्रमुख अतिथि रहनुहुने बताइएको छ।अधिवेशन आज ११ बजेदेखी धनगढिको ओम पार्टी प्यालेसमा हुने बताइएको छ।

उपमहानगरपालिकाको नेतृत्व लिन इच्छुक उम्मेदवारहरु धेरै रहेपनि नेताहरुले यो पटकको अधिवेशन सर्वसम्मत गर्नलाई छलफललाई तीव्रता दिनुभएको छ।पार्टी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नारदमुनी रानाका अनुसार आजको अधिवेशन सफल र सर्वसम्मत हुने र यसका लागि नेतृत्वले पहल गरिरहेको बताउनुभयो।

त्यसैगरी यसै प्रदेशबाट रास्ट्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने प्रदेशका इन्चार्ज एवं स्थायी कमिटी सदस्य लेखराज भट्ट,पार्टी केन्द्रिय सदस्य एवं प्रदेश अध्यक्ष कर्ण बहादुर थापा लगायत नेताहरुले आजको पालिका अधिवेशनका लागि विभिन्न पालिकाहरुमा उपस्तिथि जनाउनु हुने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *