प्रभु साह एमाले केन्द्रिय कमिटी बैठकमा सहभागी : माओवादीले चलाएको हल्ला भयो गलत सावित

काठमाडौं । असन्तुष्टि जनाउँदै पार्टीको बैठक बहिस्कार गर्दै आएका एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा सहभागी हुनुभएको छ । उहाँ शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएको हो ।

उहाँले यसअघि आफ्नो माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको थियो । नेकपा विभाजन हुदाँ एमालेमा नै रहेका साहले पार्टीलाई नेकपाकै निरन्तरता दिनुपर्ने माग गर्दै आउनुभएको छ ।

उहाँ एमालेबाट अलग हुने भन्ने चर्चासमेत चलेको थियो । हालै अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नु भएपछि साह पार्टीमै रहन सहमत हुनुभएको नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *