एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

तुल्सीलाल अमात्य स्मृति भवनमा आज बिहान ११ बजेपछि बस्ने बैठकले बिहीबार बसेको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ ।

त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णय समेत गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सभ्यखबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *