काठमाडौं !नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लगाएको छ । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लगाएको हो । जसमा १ हजार ५३६ जना प्रतिनिधि भूगोलबाट आउने छन् ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताउनुभयो। त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने उहाँले बताउनुभयो।