निर्वाचनपछि बन्ने एमालेको सरकारले सुकुम्बासी जनतालाई जग्गा धनीपुर्जा दिन्छ : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले अव्यवस्थित,भुमिहिन,सुकुम्बासी सबै जनतालाई जग्गा धनिपुर्जा आउँदो मंसिर ४ पछि निर्वाचित एमालेको सरकारले मात्र दिनसक्ने ठोकुवा गर्नुभयो। आज सोमबार बिहान क्षेत्र न.५ को जनतासँग घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।

उम्मेदवार रानाले काङ्ग्रेस लगायत यो सत्ता गठबन्धन पुजीवादी समाजको नेतृत्व गर्ने भएकाले यिनले भुमिहिन सुकुम्बासी जनतालाई न्याय दिन नसक्ने ठोकुवा गर्नुभयो। उहाँले एमालेले सुकुम्बासी जनतालाई लालपुर्जा बाड्न लाग्दा गठबन्धन सरकार आत्तिएर भुमिहिन,सुकुम्बासी जनताले जग्गा पाउन गठन गरिएको आयोग नै खारेज गरिदिएको स्मरण गराउनुभयो। उहाँ आगामी मंसिर ४ मा एमालेका उम्मेदवारहरुलाई अनिवार्य रुपमा जिताउनै पर्नेमा मतदाताहरुलाई ध्यानाकर्षण गराउनुभयो। उहाँले एमालेको सरकार नबनी सुकुम्बासी गरिब जनताले पुर्जा पाउनै नसक्ने ठोकुवा गर्नुभयो।

नेता रानाले आफुले गत कार्यकालमा क्षेत्र न.५ मा बिकासको जग बसाएको उल्लेख गर्नुभयो। उहाँले धनगढी सहरका विभिन्न सडकहरुको स्तरोन्नति देखि पिच गर्ने कार्यमा आफुले सम्पूर्ण ध्यान दिएकोले अहिले ती प्रगतिहरु देखिएको बताउनुभयो। उहाँले आफुले गरेका कामहरुको बारेमा जनतालाई जानकारीपनि गराउनु भएको थियो। उम्मेदवार रानाले अर्को प्रसङ्गमा अहिलेको सत्ता गठबन्धनले सत्ताकालागि देशको स्वाभिमान मास्न लागेकोलेपनि यसलाई प्रतिकार गर्न र साभिमान बचाउन पनि एमालेलाई भोट दिनुपर्ने स्पष्ट पार्नुभयो। उहाँले देश र जनताको लागि सोच्ने एमालेमात्र भएको स्पष्ट पार्नुभयो। सो भेटघाट एवं घरदैलो अभियानमा एमालेबाट प्रदेश (२) का उम्मेदवार दुर्गा जोशीपनि सहभागी हुनुहुन्थ्यो।उहाँले पनि देश र प्रदेशको समृद्धिको लागि एमालेका उम्मेदवारहरुलाई जिताउन अपिल गर्नुभयो।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *