राष्ट्र र राष्ट्रियता जोगाउन एमालेलाई भोट दिनुस् : प्रतिनिधि सभा उम्मेदवार राना

धनगढी ! नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कैलाली क्षेत्र न.५ प्रतिनिधि सभाका सदस्य उम्मेदवारले एमालेलाई राष्ट्र र राष्ट्रियता जोगाउनका लागि जनताले भोट दिनुपर्ने स्पष्ट पार्नुभएको छ। आगामी निर्वाचनका लागि घरदैलो अभियानका क्रममा धनगढी उपमहानगरपालिका वडा न. ६ मटियारी गाउँको एक भेटघाटमा उहाँले यस्तो बताउनु भएको छ।

उहाँले सुर्यमा भोट हाले एमालेको नेतृत्वमा सरकार बनेर लिपुलेक,लिम्पियाधुरा जस्ता देशका गुमेका भुभागहरु फिर्ता आउँछन् । राष्ट्रियताप्रति जनताले सधैं गर्व गर्न पाउँछन् । उहाँले एमालेको सरकारले मात्र देशको विकास गर्न सक्ने पनि उल्लेख गर्नुभयो।
‘एमालेका उम्मेदवारले जिते देशको स्वाभिमान जोगिन्छ,राष्ट्रियता जोगिन्छ,यस क्षेत्रको विकासका कामहरु अघि बढ्छन त्यसैले पनि हामीलाई जिताउन तपाईहरुले भोट हालिदिनुस।’-उहाँले भन्नुभयो।

नेता रानाले आफुले गत कार्यकालमा उल्लेख्य विकासका कामहरु गरेको र जनताको गुनासाहरु समाधानहरु गरेको बताउनु भयो। उहाँले आफुले गरेका आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने स्पष्ट पार्नुभयो।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *