नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै : यस्ता छन बैठकका एजेन्डाहरु

काठमाडाैं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।

बैठक अपराह्न ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ ।

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिनुभयो ।

एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *