एमालेको चुनावी आमसभा : कार्तिक १८ गते चुच्चे नक्सामा समेटिएको क्षेत्र दार्चुलाबाट सुरु हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको चुनावी आमसभा पश्चिमी उत्तरी सिमा दार्चुलाबाट सुरु गर्ने हुनु भएको छ । आफू प्रधानमन्त्री हुँदा नक्सामा फर्काएको लिम्पियाधुरा र लिपुलेकको भूमीबाट प्रचार अभियान एवं आमसभा गरेर जनतालाई सुसूचित गर्ने एमालेको योजना रहेको छ।

अध्यक्ष ओलीले दार्चुलामा गएर लिपुलेकको नक्सा मात्र होइन भूमी नै फिर्ता ल्याउनका लागि एमालेलाई बहुमतको सरकार बनाउन सहयोग गर्न आम नेपालीलाई दार्चुलाबाट नै आह्वान गर्नुहुने जनाइएको छ। आगामी कार्तिक १८ गते दार्चुलाको यस् भुमिबाट एमालेको चुनावी सभा सुरुहुने एमाले स्रोतले जनाएको छ। सोही दिन विहान ११ बजे दार्चुला,दिउँसो २ बजे बैतडी र अपरान्ह ४ बजे कंचनपुरमा आमसभा गर्न एमालेले आन्तरिक तयारी गर्दैछ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार यसपाली करिब ५५ वटा आमसभामा सम्बोधन गर्ने तयारी छ । ‘एकैदिन ५ वटासम्म आमसभालाई सम्बोधन गर्ने तयारी छ । कार्यक्रम कहाँ कहाँ कहिले गर्ने भन्ने छलफल मै छ ’ अधिकारीले भन्नुभयो । दार्चुलाबाट असोज १८ गते सुरु भएको कार्यक्रम मौन अवधि लाग्नु अघि मंसिर १ गते मोरङमा गएर आमसभाको समापनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *