कैलाली–५ मा एमालेले बढायो चुनावी चहलपहल : २१ वडामा सम्पर्क कार्यालयपनि स्थापना

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेले चुनावी चहलपहल बढाएको छ। राजनैतिक भेटघाट,घरदैलो अभियानका साथै यस् क्षेत्रका सबै वडाहरुमा एमालेले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

एमालेले क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकाका १९ वटै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ मा सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ ।

ती कार्यालय एमालेका प्रदेशसभा सदस्यका उम्मेदवारद्वय दुर्गाप्रसाद जोशी र नेपालु चौधरीले औपचारिक रूपमा उद्घाटन गरेका हुन् । कैलाली ५ बाट प्रतिनिधि सभा सदस्यमा नारदमुनी राना उम्मेदवार छन् भने प्रदेश सभामा उम्मेदवारद्वय दुर्गाप्रसाद जोशी र नेपालु चौधरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *