एमाले महासचिव पोखरेलको वेबसाइट सार्वजनिक

काठमाडौं !  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्यले वेबसाइट तयार पारिएको उहाँका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिनुभयो । महासचिव पोखरेलको जीवनी, समाचार, विचार, अन्तर्वार्तालाई एउटै स्थानमा उपलब्ध होस् भन्ने उद्देश्यले http://shankarpokhrel.com सञ्चालनमा ल्याएको स्वकीय सचिव रेग्मीले जानकारी दिनुभयो । ‘महासचिव पोखरेलसँग जोडिएका सामग्रीहरु एकीकृत गर्नका लागि वेबसाइट तयार पारेका छौैं’, स्वकीय सचिव रेग्मीले भन्नुभयो, ‘वेबसाइटले महासचिव पोखरेलका सामग्री संरक्षण हुने र उहाँका सामग्री अध्ययन गर्न चाहने पाठकलाई सजिलो हुने विश्वस लिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *