चुनावी एजेन्डासहित ‘लाइभ डिबेट’ मा देउवासँग बस्न तयार रहेको एमाले अध्यक्ष ओलीको भनाइ

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको उल्लेख गर्नुभएको छ।

सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि अध्यक्ष ओलीले फेसबुक मार्फत जनाउदिनु भएको छ।

धेरै प्रयोगकर्ताले अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेकोले आफू त्यसका लागि तयार रहेको उहाँको स्पष्टोत्ती छ। उहाँले तर देउवा जी तयार हुनुहुन्छ?भनेर प्रश्नपनि गर्नुभएको छ। यस्तो छ उहाँले सामाजिक संजालमा लेख्नुभएको स्टाटस-

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *