एमालेले कैलाली -४ का लागि नेता डिल्लीराज भट्टलाई तोक्यो निर्वाचन परिचालन समितिको संयोजक

कैलाली ! प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का लागि मुल निर्वाचन परिचालन समिति गठन गरेको छ।

एमाले सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक हितेश ओझाले प्रस्ताव गरेको समितिको नाम, संयोजक, र सह–संयोजक तथा सचिवको नामलाई भेलाले अनुमोदन गरेको हो। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी एमालेले मुल निर्बाचन परिचालन समितिको संयोजकमा डिल्लीराज भट्टलाई जिम्मेवारी तोकेको छ। समितिको सह–संयोजकमा टीका नाथ र सचिबमा प्रदेश सभा सदस्य कृष्णराज सुबेदीलाई जिम्मेवारी दिएको छ। निर्वाचनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *