प्रदेश १ मा एमालेबाट भावी मुख्यमन्त्रीका दावेदार हिक्मत कार्कीको झापा-५ (क) बाट उम्मेदवारी दर्ता

काठमाडौं ! नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले प्रदेश सभा सदस्यका मनोनयन दर्ता गराएका छन् । उनले झापा ५ प्रदेश सभा क मा उम्मेद्वारी दिएका हुन् । २०७४मा पनि उनी यसै क्षेत्रबाट निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँगै मनोनयन दर्ता गरेका हुन् । कार्कीलाई प्रदेश १ को भावी मुख्यमन्त्रीका रुपमा हेरिदै आएको छ । उनीले यस अघि प्रदेशको गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । झापामा एमाले र राप्रपाको तालमेल छ । दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता पछी काकीले मुलुकको विकास चहाने शक्ति एमाले मात्रै रहेको दाबी गरे । उनले जनतको अभिमतले अप्राकृतिक गठबन्धन परास्त हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *